विराटनगर : धरानमा ११८ जना सहित प्रदेश १ मा १ हजार १०४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

१ हजार ७५३ जनाको पीसीआर परीक्षण गर्दा ६५२ र १ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गर्दा ४५२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३०७, सुनसरीमा १७७, मोरङमा १२३, धनकुटामा १४, इलाममा ९, सङ्खुवासभा, तेह्रथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा सङ्क्रमण देखिएको छ ।

झापाको दमकमा १११, बिर्तामोडमा ७३, अर्जुनधारा र कनकाईमा २३–२३, मेचीनगरमा २०, भद्रपुरमा १७, बुद्धशान्तिमा १४, शिवसताक्षीमा १२, कमल गाउँपालिकामा ४, बाह्रदशीमा ३, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २–२, कचनकवल, हाल्दिबारी र गौरादहमा १–१, सुनसरीको धरानमा ११८, इटहरीमा ४०, वराहक्षेत्र र इनरुवामा ५–५, रामधुनी र दुहबीमा १–१ र स्थानीय तह नखुलेका ७, मोरङको विराटनगरमा ५५, केराबारीमा १८, उर्लाबारी र सुन्दरहरैचामा १३–१३, बेलबारीमा ८, पथरीशनिश्चरेमा ५, मिक्लाजुङ र ग्रामथानमा ३–३, रंगेली, लेटाङ, सुनबर्षी, रतुवामाई र कटहरीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाख्रिवासमा २, महालक्ष्मी, छथर, साँगुरीगढी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा २ र देउमाईमा १, सङ्खुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१, तेह्रथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथरको फालेलुङ र ताप्लेजुङको मैवाखोलामा १–१ र प्रदेश १ बाहिरका १२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३८२ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १७६ महिला र २०६ पुरुष सङ्क्रमणमुक्त भएका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।