इटहरी : कोभिड–१९ महामारीको सङ्क्रमण बढ्दै गएपछि झापा जिल्लामा पूर्ण निषेधाज्ञा हुने भएको छ ।

साउन १४ गते बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले साउन १६ गते शनिवार राती देखी झापा जिल्ला पुर्णरुपमा निषेधाज्ञा गर्ने निर्णय गरेको हो । संक्रमणदर उच्च हुँदै गएपछि नियन्त्रणको उपाय स्वरूप निषेधाज्ञा घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सीनाले बताए ।

उनका अनुसार साउन १६ गते शनिवार राती १२ बजे देखी लागु हुनेगरि साउन २३ गते राति १२ बजे सम्मको लागी पूर्ण निषेधाज्ञा घोषणा गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय झापाले आदेश जारी गर्दै अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सर्वसाधारणको लागी आह्वान गरेको छ । यस बिचमा हाट बजार मेला जात्रा महोत्सव लगायत भिडभाड हुने कुनै पनि क्रियाकलाप गर्न नपाइने भनिएको छ । औषधी पसल, ग्याँस तथा पेट्रोल पम्प बाहेक सम्पूर्ण बजार पसल बन्द हुने आदेश गरिएको छ ।

हरियो सागसब्जीको हकमा भने बिहान ६ देखी ८ बजेसम्म विक्री वितरणको लागी समय छुटाइएको छ । अत्यावश्यक सेवाका बाहेक सम्पूर्ण सार्वजनिक तथा निजी सवारीसाधन हरू २३ गते राती १२ बजेसम्मको लागी पुर्णरुपमा रोक लगाउने निर्णय भएको छ । तर पूर्वपश्चिम राजमार्गमा लामो दुरीका सवारी सञ्चालन गर्न पाइने भएको छ ।

उद्योग धन्दा सञ्चालनको हकमा कर्मचारी तथा कामदारलाई उद्योग भित्रै खान बस्नको व्यवस्था मिलाउनुपर्ने भएको छ । जन्ती जाँदा अधिकतम १० जना र मृत्यु संस्कारमा अन्यत्र जानुपर्ने भए स्थानीय पालिकाको अनुमति चाहीने निर्णय भएको छ । काँकडभिट्टा नाका बाहेक अन्य नाकाबाट बस्तु तथा मानिस आवत जावतमा रोक लगाइने र नेपाल प्रवेश गर्दा अनिवार्य एन्टीजेन परीक्षण गरिने प्रजिअ द्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।

सार्वजनिक तथा निजी कार्यलयहरुमा न्यूनतम कर्मचारीको उपस्थितिमा आन्तरिक काम कारबाही अगाडी बढाउन सकिने भएको छ । कर्मचारीको हकका बिहान ९ देखी १० बजेसम्म र साँझ ५ देखी ६ बजेसम्म निजी तथा सार्वजनिक सवारीमा आवतजावत गर्न पाउने व्यवस्था मिलाइएको छ ।

यस अघि झापाका १० वटा पालिकाले आन्तरिक निषेधाज्ञा घोषणा गरिसकेका छन् । मेचीनगर, हल्दीबारी, बुद्धशान्ती, दमक, शिवसताक्षी, बिर्तामोड, अर्जुनधारा, कनकाई, गौरादह, कमल सिल गरिएको छ । त्यस बाहेक कचनकबल, गौरीगन्ज, झापा गाउँपालिका जिल्ला प्रशासन कार्यालयले सिल गर्ने भएको छ ।

Jhapa-Suchana-1 Jhapa-Suchana-2 Jhapa-Suchana-3