धरान : मोरङको बेलबारी नगरपालिका–९ तिनकुटिया सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बेलबारी–९ का २८ वर्षीय उमेश चौधरी रहेका छन् । गए राती १० बजे दक्षिणबाट उत्तर जाँदै गरेको प्र.१–०२–०४३प ५७६८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको साइडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो ।

सो दुर्घटनामा परि गम्भीर घाइते भएका चौधरीको न्युरो अस्पताल विराटनगरमा राती ११ बजे मृत्यु भएको थियो भने मोटरसाइकल पछाडि सवार सोही स्थानका ३० वर्षीय श्रवण कुमार विश्वास घाइते भई सोही अस्पतालमानै उपचार भइरहेको छ ।