विराटनगर : धरानमा १२६ जना सहित प्रदेश १ मा १ हजार १४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१ हजार ९६७ जनाको पीसीआर परीक्षण गर्दा ५८० र १ हजार ६६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५६४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १९१, सुनसरीमा १८७, झापामा १५७, इलाम र धनकुटामा १६–१६, उदयपुरमा ४, खोटाङ र सङ्खुवासभामा २–२, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको छ ।

मोरङको बेलबारीमा ६३, विराटनगरमा ५५, पथरीशनिश्चरेमा ३०, सुन्दरहरैचामा १३, उर्लाबारीमा १०, बुढीगंगामा ५, ग्रामथानमा ४, केराबारी, धनपालथान, लेटाङ, कानेपोखरीमा २-२, कटहरी, रतुवामाई र मिक्लाजुङमा १-१, सुनसरीको धरानमा १२६, इटहरीमा ३९, इनरुवा र वराहक्षेत्रमा ७-७, कोशीगाउँपालिका, रामधुनी, दुहबी र स्थानीय तह नखुलेका २-२, झापाको बिर्तामोडमा ३८, दमकमा २३, भद्रपुरमा २०, अर्जुनधारामा १७, कनकाईमा १६, मेचीनगरमा १४, शिवसताक्षीमा १०, कमल गाउँपालिका र बुद्धशान्तिमा ६-६, गौरादह र हल्दिबारीमा २-२, झापा गाउँपालिका, बाह्रदशी र स्थानीय तह नखुलेका १-१, इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा ४, रोङ र सुर्योदयमा २-२, माई र देउमाईमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ८, साँघुरीगढीमा ४, पाख्रिवास र चौबिसेमा १-१ र स्थानीय तह नखुलेका २, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका २-२, खोटाङको खोटेहाङ र स्थानीय तह नखुलेका १–१, सङ्खुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १-१, ताप्लेजुङ र तेह्रथुममा १-१ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३९७ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २२८ महिला र १६९ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।