इटहरी : चर्चित हास्य-व्यङ्ग्य गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले नयाँ गीत बजारमा ल्याएका छन् । ‘केराको थम्बा’ नामको गीत उनले युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

उनको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो । उनले गीतमार्फत मनोरञ्जनका साथै सन्देश दिन खोजेको बताएका छन् ।

प्रतीक श्रेष्ठको छायाङ्कनमा बनेको सो गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै केशव रायमाझी, कल्पना पाण्डे, प्रतीक श्रेष्ठ, सङ्गीता यादव, कृष्ण सुवेदी, रुविना गहतराज, भरत पोद्दार लगायतको अभिनय छ ।

गीतको भिडियो केशव रायमाझीले निर्देशन तयार भएको हो।