धरान : धरान उपमहानगरपालिका क्षेत्र र बराहक्षेत्र नगरपालिकाको केही क्षेत्रमा आज विद्युत अवरुद्ध हुने भएको छ । 

नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रले एक सूचना जारी गरी आज बिहान साढे ७ बजे देखि बेलुका ३ बजे सम्म विद्युत अवरुद्ध हुने जनाएको छ । प्राधिकरणको सूचनामा धरान  वितरण केन्द्रको ३३ के.भि. दुहबी धरान तथा चतरा वयरवन फिडर को ३३/११ धरान सवस्टेशन, हरियाली स्थित २ स्पान कन्डक्टर सिङ्गल सर्किट रहेकोले ट्वीनिङ गरी अपग्रेड गर्न तथा दुहबी धरान ३३ के.भि. इन्कमरमा रहेको सि.टी. अपग्रेड गर्न को निमित्त ३३ के.भि. दुहबी धरान सटडाउन गर्नुपर्ने भएकोले उक्त अवधिमा धरान वितरण केन्द्र अन्तर्गतको सेवा क्षेत्र (धरान उ.म.न.पा तथा वराह न.पा. जे केही क्षेत्र) मा लाइन अवरुद्ध हुने जनाएको छ । 

उल्लेखित समयभन्दा अगावै कार्य सम्पन्न भएमा सोही अनुसार लाइन सुचारु हुने समेत प्राधिकरणको सूचनामा उल्लेख छ ।

Suchana 3