झापा : जिल्ला कोभिड खोप व्यवस्थापन समितिले बिर्तामोड खोप प्रकरणका आरोपित जनस्वास्थ्य प्रमुख ओमबहादुर खड्कालाई बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाको फोकल पर्सनबाट निलम्बन गरेको छ।

प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाको अध्यक्षतामा शनिवार बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

छानबिन नटुङ्गिएसम्मका लागि खड्कालाई पदबाट निलम्बन गरिएको हो । छानबिनमा कुनै प्रभाव नपरोस् भनेर आरोपीलाई निलम्बन गर्ने चलन अनुरूप उनलाई निलम्बन गरिएको हो।

बैठकले खड्कालाई छानबिनको नटुङ्गिएसम्म खोप सम्बन्धी कुनै पनि गतिविधिमा संलग्न नगराउन बिर्तामोड नगरपालिकालाई अनुरोध गरेको छ ।