विराटनगर : धरानमा ८३ जना सहित प्रदेश १ मा ८०४ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २९९ र १ हजार ४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ५०५ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १०५, मोरङमा १०४, झापामा ६९, धनकुटामा ९, उदयपुरमा ३, इलाममा २, पाँचथर, तेह्रथुम र सङ्खुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको छ ।

सुनसरीको धरानमा ८३, इटहरीमा १३, वराहक्षेत्रमा २, रामधुनी र इनरुवामा १–१ र स्थानीय तह नखुलेका ५, मोरङको विराटनगरमा ४३, लेटाङमा ३६, केराबारीमा १७, बेलबारीमा ४, उर्लाबारीमा २, कानेपोखरी र स्थानीय तह नखुलेका १-१, झापाको दमकमा ३३, भद्रपुरमा १७, मेचीनगरमा ६, बिर्तामोडमा ४, बुद्धशान्ति, गौरादह र कमल गाउँपालिकामा २-२, बह्रदशीमा, शिवसताक्षी र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटामा ५, पाख्रिवासमा ३, स्थानीय तह नखुलेका १, उदयपुरको चौदण्डीगढी, बेलका र स्थानीय तह नखुलेका १-१, इलामको चुलाचुलीमा २, पाँचथरको फिदिम, तेह्रथुमको मेन्छयायेम र सङ्खुवासभाको खाँदवारिमा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४३१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २१५ महिला र २१६ पुरुष छन् । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।