धरान : धरानको नेशनल एकेडेमी प्रदेश नं. १ मा पहिलो अन्तर्राष्ट्रियस्तरको आईएसओ चिन्न लिन सफल भएको छ ।

कुनै पनि कलेज , स्कुल तथा संस्थाको गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ चिन्ह प्रदेश नं. १ मा पहिलो र एक मात्र संस्था नेशनल एकेडेमी कलेजले लिन सफल भएको कलेजले जनाएको छ । यो चिन्ह लिने प्रक्रिया कलेजले गत वर्ष देखि सुरुवात गरेको थियो ।

आईएसओ प्रमाणीकरणको लागि अझै केही माप्दण्डहरु कलेजले पुरा गर्न बाँकी रहेको छ । २०२१ जुलाई २८ तारिकमा चिन्ह लिन सफल कलेजले अङ्ग्रेजी माध्यममा म्यानेजमेन्ट तथा नेपाली माध्यममा एजुकेसन तथा ह्युमेनिटिज विषय अध्यापन गराउँदै आएको छ ।

संस्थाले गुणस्तर चिन्ह लिए पनि निरन्तर आईएसओको अनुगमनमा बस्नु पर्नेछ । स्कुल तथा कलेजहरू नेपालका सम्बन्धित निकायको अनुगमनमा हुने साथै एक अन्तर्राष्ट्रिय निकायको अनुगमनमा रही काम गर्दा अन्तर्राष्ट्रिय स्तरको गुणस्तर शिक्षामा प्राप्त हुने भएकाले कलेजले आईएसओ चिन्ह लिएको कलेजका सिइओ देव सुब्बाले बताएका छन् ।

उनले शिक्षामा गुणस्तर वृद्धिको लागि यो चिन्ह लिएको जनाएका छन् । शिक्षाको हब तथा केन्द्र धरान हुँदै गएकोमा थप यसले नयाँ आयाम थप्ने बताए ।

कलेजको गुणस्तरमा नयाँ आयाम थप्ने, शिक्षा क्षेत्रमा अस्वास्थ्य प्रतिस्पर्धाको अन्त गर्न सहयोग पुर्‍याउने, विद्यार्थी अभिभावकले नेपालमै एक अन्तर्राष्ट्रिय स्तरको गुणस्तर शिक्षा पाउने निश्चित भएको कलेजका प्रिन्सिपल श्रीसिसा राईले बताए ।

यसपछि यो कलेजमा अध्ययन पुरा गर्ने सबै विद्यार्थीहरूले आईएसओ अङ्कित प्रमाण पत्र पाउने जसको महत्त्व विश्व बजारमा बेग्लै हुने र सहजै विभिन्न अवसरहरू पाउने राईले बताए ।

विशेष गरी प्लस टु को शिक्षा क्षेत्रमा गुणस्तरमा प्रतिस्पर्धा भन्दा पनि अस्वास्थ्य प्रतिस्पर्धा बढेकोले विधार्थीहरुको भविष्य माथि खेलबाड हुने गरेको र अभिभावकको लगानी खेर गइरहेका कारण अस्वास्थ्य प्रतिस्पर्धामा उत्रने भन्दा पनि शिक्षा क्षेत्रको गुणस्तर बुद्धिमा कलेज लागेको कलेजका अध्यक्ष सालिक सतासक राईले बताए ।

आजको विश्वव्यापी प्रतिस्पर्धालाई नेपाली शैक्षिक उत्पादनले प्रतिस्पर्धा गर्न सकोस् भन्नका लागि पनि यो चिन्ह लिएको समेत जानकारी गराए । यस अघिनै कलेजले आफ्नो कलेजलाई आइटीमय बनाएको छ । यसका सम्पूर्ण आइटी पूर्वाधारहरू तयार गरेको छ ।

भिन्न भिन्न र नवीनतम विधि र प्रविधिमा अगाडी कलेजले यस अघिनै आफ्ना विधार्थीहरुलाई प्रतिस्पर्धी बनाउन र उनीहरूको सामाजिक विकास गर्न सामाजिक शिक्षा सँगै लिम्बु, राई बान्तावा र नेवारी भाषा पढाउने तयारी पनि गरेको छ । यसले आफ्नो शैक्षिक भविष्य उज्ज्वल पार्न नेपालमै त्यसमाथि धरानमै रहेर पुरा गर्ने अवसर प्रदान गरेको बताइएको छ ।