धरान : झापाको दमक नगरपालिका-८ मा रहेको पेरुङ्गो होटलमा तास खेलिरहेको अवस्थामा होटल सञ्चालक सहित ६ जनालाई प्रहरीले पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा दमक-७ का होटल सञ्चालक ३२ वर्षीय पदम सुब्बा, दमक-५ का २९ वर्षीय कैलाश लिम्बु, सोही स्थानका ३३ वर्षीय मोहन ढुङ्गाना, दमक-६ का ३८ वर्षीय द्रोणाचार्य कार्की, सोही स्थानका ५० वर्षीय प्रेम सुब्बा र सोही स्थानका ५० वर्षीय भीम सुब्बा रहेका छन् ।

हिजो बेलुका पौने ५ बजे सो होटलमा जुवाजन्य खेल खेलाइरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास ३ बुङ, नगद १ लाख ६० हजार सहित पक्राउ गरिएको हो । पक्राउ परेकाहरू माथि इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Baramad