विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७२५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । १ हजार ३३१ जनाको पीसीआर परीक्षण गर्दा ४१२ र १ हजार ६ जनाको एन्टिजेन परीक्षण गर्दा ३१३ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९३, मोरङमा ११७, सुनसरीमा ७८, इलाममा ६, पाँचथरमा ५, उदयपुरमा ३, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, भोजपुरमा १-१ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको छ।

झापाको दमकमा ५३, बिर्तामोडमा ४२, कनकाईमा २८, अर्जुनधारामा १६, शिवसताक्षीमा १४, मेचीनगरमा १२, भद्रपुरमा १०, बुद्धशान्तिमा ९, गौरादह र कमल गाउँपालिकामा ३–३, बाह्रदशीमा २, गौरीगञ्जमा १, मोरङको विराटनगरमा २८, उर्लाबारीमा १८, सुन्दरहरैचामा १५, केराबारीमा १४, लेटाङमा १३, पथरीशनिश्चरेमा १२, रंगेलीमा ४, बेलबारी र कानेपोखरीमा ३-३, ग्रामथान र बुढीगंगामा २-२, मिक्लाजुङ, कटहरी र धनपालथानमा १-१, सुनसरीको इटहरीमा ५८, धरानमा ११, रामधुनीमा ६, बर्जु, वराहक्षेत्र र दुहबीमा १-१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २-२, रोङ र मांसेबुङमा १-१, पाँचथरको फिदिममा ४ र स्थानीय तह नखुलेका १, उदयपुरको बेलका, त्रियुगा र रौतामाईमा १-१, ताप्लेजुङमा १, सङ्खुवासभामा १, तेह्रथुममा १, भोजपुरको अरुणमा १ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ३०९ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६५ महिला र १४४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएका छ। मृत्यु हुनेमा ८ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।