धरान : धरानकालागी सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता नवदुर्गा अटो प्यालेसले बिएस सिक्स एक्सेस स्कुटरको धरानमा पनि बिक्री वितरण सुरु गरेको छ।

आइतबार धरान उपमहानगरपालिकाका मेयर तिलक राई र वरिष्ठ पत्रकार हर्ष सुब्बाले सुजुकी सोरुममा आयोजित कार्यक्रममा नयाँ बिएस सिक्स एक्सेस स्कुटरको लन्च गरेका थिए।

सुजकी एक्सेस नेपालमा सफल एवम् लोकप्रिय स्कुटरको रूपमा रहेको कम्पनीको दाबी छ। विभिन्न सुविधा भएको एक्सेस स्कुटरमा अगाडि ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट, अगाडि भागमा स्टिलको कभर प्रयोग भएको छ। साथै सुजुकी स्कुटरको मर्मत खर्च पनि अन्यभन्दा कम रहेको कम्पनीको दाबी छ।

लन्च कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बा, पत्रकार महासङ्घका पूर्व अध्यक्ष केशव घिमिरे, महासङ्घका अध्यक्ष जनकऋषी राई लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

धरानका ग्यारेजहरू व्यवस्थित गरिने

धरान उपमहानगरका मेयर तिलक राईले धरानका ग्यारेज तथा सवारी सधानको मर्मत गर्ने कार्य व्यवस्थित गर्न लागिएको बताएका छन् ।

सुजुकी सोरुममा आयोजित स्कुटर लन्च कार्यक्रममा बोल्दै मेयर राईले सेउती खोलाको उकासलाई व्यवस्थित एवम् संरक्षण गरेर धरानका ग्यारेजहरूलाई एकत्रित रूपमा सञ्चालन तथा व्यवस्थापन गरिने बताए।

सहरको बिच भागमा रहेका ग्यारेजहरूको सञ्चालन लागत बढी भएको, बिच बजारमा जोखिम भएको तथा सहरी सौन्दर्य कायम गर्न पनि ग्यारेजहरू व्यवस्थित गर्न लागेको उनले बताए ।

हालको पानबारी जाने बाटोको पूर्व तथा पुलको उत्तर तर्फको सेउतीको उकासमा व्यवस्थित रूपमा ग्यारेजको व्यवस्थापन गर्न लागेको उनको भनाई छ।

mayar-rai-suzuki