वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका ७ देबिधाट स्थित बुद्ध चौकबाट गोरु काटिरहेको अवस्थामा दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

शनिवार राति करिब साढे १० बजेको समयमा बुद्ध चौक स्थित चन्द्र बहादुर तामाङको घर पछाडि बहर गोरु काटिरहेको सूचनाको आधारमा वराहक्षेत्र २ का गोपाल भनिने तिलबहादुर दाहाल र ३३ वर्षीय विजयकुमार राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक पाण्डव राजवंशीका अनुसार पक्राउ परेका दुई पुरुषलाई जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।