धरान : मोरङको विराटनगर महानगरपालिका २ दुर्गा चौक स्थितबाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे–६ का २३ वर्षीय नीरज गोडी रहेका छन् ।

हिजो बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ८ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका गोडीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।