विराटनगर : धरानमा ५२ जना सहित प्रदेश १ मा ७७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

१ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ११३, झापामा ११२, धनकुटामा २३, इलाममा ६, उदयपुरमा ५, खोटाङमा ३, पाँचथर र तेह्रथुममा २–२, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा सङ्क्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ६५, बेलबारीमा १६, सुन्दरहरैचामा १४, पथरीशनिश्चरेमा १२, उर्लाबारीमा ९, बुढीगंगामा ७, केराबारी र लेटाङमा ३–३, कानेपोखरीमा २, ग्रामथानमा १, सुनसरीको धरानमा ५२, इटहरीमा ४४, दुहबी र रामधुनी र वराहक्षेत्रमा ४–४, इनरुवामा ३, पथरीशनिश्चरे र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ३२, भद्रपुरमा २६, मेचीनगरमा १८,बिर्तामोडमा १६, अर्जुनधारा र हल्दिबारीमा ५–५, कनकाई, कमल गाउँपालिका र गौरादहमा २–२, गौरीगञ्ज, कचनकवल र बुद्धशान्तिमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १४, छथर र महालक्ष्मीमा ३–३, पाख्रिवासमा २, शहिदभूमीमा १, इलामको चुलाचुलीमा ४, रोङ र सूर्योदयमा १–१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र बेलकामा १–१ र स्थानीय तह नखुलेका २, खोटाङको साकेलमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फालेलुङ र स्थानीय तह नखुलेका १–१, तेह्रथुममा २, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका १२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ८३४ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३७९ महिला र ४५५ पुरुष रहेको छन् ।

पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ७ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।