धरान : झापाको बिर्तामोड नगरपालिका-३ भद्रपुर सडक खण्डको आँखा अस्पताल अगाडीबाट ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा हाल्दिबारी गाउँपालिका-१ बस्ने २० वर्षीय सुवास न्यौपाने र बिर्तामोड नगरपालिका-१० इलामेली टोल का २४ वर्षीय समीर राई रहेका छन् ।

आज दिउसो १ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले मे ८ प ७३९२ नम्बरको मोटरसाइकल चढेर आएका न्यौपानेको साथबाट लागूऔषध ब्राउन सुगर १२ ग्राम बरामद भए सँगै आवश्यक अनुसन्धानको लागी मोटरसाइकल पछाडि सवार राई समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।