धरान : झापाको विभिन्न स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका ६ बजे गौरीगंज गाउँपालिका ६ जनता चौकबाट इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका १ का २० वर्षीय सुरेश ताजपुरियालाई प्रतिबन्धित औषधी ट्रामाजेक १५० क्याप्सुल, नाईट्रोभेट २६ क्याप्सुल र कोरेक्श १ बोतल सहित पक्राउ गरिएको छ ।

त्यसै गरी हिजै बेलुका पौने ८ बजे झापा मेचीनगर नगरपालिका २ स्थित भृकुटी चौकमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउँदै गरेको WB74R 6504 नम्बरको भारतीय मोटरसाइकल चेकजाँच गर्दा उक्त मोटरसाइकलको भाईजरमा लुकाई छिपाई ल्याउँदै गरेको लागूऔषध ब्राउन सुगर १ ग्राम फेला परेकोले मोटरसाइकलमा सवार मेचीनगर नगरपालिका १ का २१ वर्षीय सुलन देवान र पछाडि सवार सोही स्थानका २० वर्षीय मिङमा तामाङलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका तिनै जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।