विराटनगर : धरानमा ५५ जना सहित प्रदेश १ मा ९६३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

१ हजार ७२१ जनाको पीसीआर परीक्षण गर्दा ५१७ र १ हजार ५४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४४६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०७, मोरङमा १४२, सुनसरीमा ११७, धनकुटामा १५, उदयपुरमा १३, इलाममा ९, सङ्खुवासभामा ४, पाँचथरमा ३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको छ ।

झापाको बिर्तामोडमा ४२, भद्रपुरमा ३४, दमकमा २७, मेचीनगरमा २४, अर्जुनधारमा १९, कनकाई र शिवसताक्षीमा १५–१५, बुद्धशान्तिमा ९, गौरादहमा ७, कमल गाउँपालिका र बाह्रदशीमा ५–५, हल्दिबारीमा ४ र स्थानीय तह नखुलेका १, मोरङको विराटनगरमा ६२, बेलबारीमा ३७, सुन्दरहरैचामा १३, उर्लाबारीमा ११, पथरीशनिश्चरेमा ९, बुढीगंगामा ४, रंगेलीमा २, कटहरी, कानेपोखरी, केराबारी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ५५, इटहरीमा ४३, रामधुनीमा ६, इनरुवा र वराहक्षेत्रमा ५–५, दुहबीमा १ र स्थानीय तह नखुलेका २, धनकुटाको धनकुटा नगरपालिकामा ११, चौबिसे, छथर, महालक्ष्मी र शहिदभूमीमा १–१, उदयपुरको त्रियुगामा ६, चौदण्डीगढी, बेलका र उदयपुरगढीमा २–२ र स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिकामा ५, फाकफोकथुम, चुलाचुली, रोङ र सूर्योदयमा १–१, सङ्खुवासभाको खाँदबारीमा २, पाँचखपन र स्थानीय तह नखुलेका १–१, पाँचथरको फिदिम, फालेलुङ र स्थानीय तह नखुलेका १–१, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४१३ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १८५ महिला र २२८ पुरुष रहेका छन् ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना महिला र ६ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।