धरान : सुनसरीमा आज देखि साउन २२ गते सम्म तीन दिन अमेरिकन कोरोना विरुद्धको जोनसन एण्ड जोनसन खोप अभियान सुरु भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार ६९ वटा खोप केन्द्रहरूबाट आज देखि सुनसरीका सबै पालिकाहरूमा ५० वर्ष देखि ५४ वर्ष उमेर समूहका, पूर्ण तथा अति असक्त क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरू, खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, सपाइकर्मीहरू र विदेशमा रोजगार, अध्ययन गर्न जाने नागरिकहरू गरी जम्मा ४५ हजार खोप लगाईदैछ ।

एक मात्रा डोज लगाउँदा पुग्ने यो खोप १८ वर्ष मुनिका नागरिकलाई भने खोप नदिइने स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

यता धरान उपमहानगरपालिकामा आज पहिलो चरणमा धरान उपमहानगरपालिकामा आज पहिलो दिन साउन २० गते धरान २ को लागि बालिका स्कुल सिंहदेवी चौक, धरान ३ का लागि भानुस्मृति मावि, धरान ४ का लागि आधारभूत स्वास्थ्य केन्द्र हर्दिया, धरान ६ का लागि सरस्वती मावि पानवारी, धरान ७ का लागि सिद्धि नेवा परिषद्, धरान ९ का लागि समिट मावि र धरान १० का लागि सैनिक भवन खोप केन्द्र तोकिएको छ ।

यसै गरी दोस्रो दिन साउन २१ गते धरान ११ का लागि ज्ञानोदय मावि, धरान १२ का लागि पब्लिक हाईस्कुल, धरान १४ का लागि दन्तकाली मावि, धरान १६ का लागि चन्द्र संस्कृत मावि, धरान १७ का लागि पञ्चायत मावि रेल्वे, धरान १९ का लागि किराँतेश्वर मावि खोप केन्द्र तोकिएको छ ।

यसै गरी तेस्रो दिन साउन २२ गते धरान १ का लागि धरान स्वास्थ्य चौकी छाताचौक, धरान ८ का लागि धरान सभागृह, धरान ५ का लागि पाचकन्य स्वास्थ्य चौकी, धरान १३ का लागि आधारभूत स्वास्थ्य केन्द्र धरान १३, धरान १५ का लागि पूर्वाञ्चल ज्ञान चक्षु विद्यालय, धरान १८ का लागि कार्मेल हाईस्कुल र धरान २० का लागि विष्णुपादुका स्वास्थ्य चौकीमा खोप केन्द्र तोकिएको छ ।