धरान : धरान–८ स्थित कोसी राजमार्गमाको जङ्गलमा दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन् ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन कुमार तिम्सिनाले दिएको जानकारी अनुसार बिहान साढे नौ बजे सो दुर्घटना भएको हो ।

धरानबाट इटहरी जाँदै गरेको को १ ख ५४३० नम्बरको बसले सोही दिशा तर्फ अगाडी बढी रहेको को १ त ५१४३ को ट्रयाक्टरलाई ओभर ट्याक गर्ने क्रममा ट्रयाक्टरलाई ठक्कर दिएर पुन : प्रदेश १ –०२–०४० प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक इटहरी बस्ने २५ वर्षीय विमल शाह र पछाडि बस्ने विमलको आमा ४० वर्षीय मिरा देवी शाह र ट्रयाक्टर चालक रामधुनी ३ बस्ने ३० वर्षीय अर्जुन कुमार चौधरी घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । बसलाई तीनकुने प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा बस चालक धरान १५ बस्ने ३६ वर्षीय प्रभु खड्का फरार रहेको डिएसपी तिम्सिनाले बताए ।