धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९२२ जनामा कोरोना सङ्क्रमण भएको छ। १ हजार ५६६ जनाको पीसीआर परीक्षण गर्दा ४८५ र १ हजार ६७३ जनाको एन्टिजेन परीक्षण गर्दा ४३७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २१५, मोरङमा १३५, सुनसरीमा ९९, धनकुटामा १९, उदयपुरमा ६, पाँचथर र सङ्खुवासभामा २-२, इलाम र खोटाङमा १-१ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको छ।

झापाको दमकमा १५२, बिर्तामोडमा २२, भद्रपुरमा १९, मेचीनगरमा ११, कनकाईमा ४, अर्जुनधारामा ३, कमल गाउँपालिका, बुद्धशान्ति, गौरादह र झापा गाउँपालिकामा १-१, मोरङको विराटनगरमा ४१, बेलबारीमा ३५, केराबारीमा २४, सुन्दरहरैचामा २१, बुढीगंगा र लेटाङमा ३-३, कटहरी, उर्लाबारी र स्थानीय तह नखुलेका २-२, कानेपोखरी र रतुवामाईमा १-१, सुनसरीको धरानमा ४८, इटहरीमा ३८, बराहक्षेत्रमा ५, रामधुनीमा २, भोक्राहानरसिंहमा १, इनरुवामा १ र स्थानीय तह नखुलेका ४, धनकुटाको धनकुटा नगरपालिकामा १४, पाख्रिवासमा ३, महालक्ष्मीमा २, उदयपुरको त्रियुगामा ६, पाँचथरको फिदिम र फालेलुङमा १-१, सङ्खुवासभाको खाँदबारीमा २, इलामको सूर्योदय र खोटाङको खोटेहाङमा १-१ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ३६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा १६६ महिला र १९९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।