काठमाडौं : नेपाली बजारमा हालै भित्रिएको मोटरहेडको नयाँ अपग्रेडेड एमएच १५०आर मोटरसाइकल टेस्ट राइड गर्न सकिने सुविधा उपलब्ध छ। नेपालका लागि मोटरहेडको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले देशभरका सोरुममा यो सुविधा उपलब्ध भएको बताएको छ । यो मोटरसाइकलको मूल्य २ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। 

केही दिन पहिले मात्र नेपाली बजारमा भित्रिएको यो मोटरसाइकलमा नयाँ सीजी १५० सीसीको इन्जिन छ । त्यसैगरी राइडरले यो बाइकमा इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सरको अनुभव गर्न सक्ने छन् ।

रोबस्ट च्यासिस र नयाँ आकर्षक ग्राफिक्स जस्ता विभिन्न फिचरले भरिएको मोटरहेडको यो मोटरसाइकल किन्न चाहने ग्राहकका लागि फाइनान्स र एक्सचेन्जको सहज सुविधा भएको एसएलआर टेक्नो एन्ड ट्रेडले बताएको छ। 

ललितपुरको धोवीघाट, भक्तपुरको सल्लाघारी र काठमाडौंको बालाजूमा आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडको आफ्नै सुविधासम्पन्न शोरुम छ । काठमाडौंको टेकु र मित्रपार्क सहित देशभर कम्पनीले डिलर नेटवर्कमार्फत मोटरहेड बाइकको बिक्री, बिक्री पछिको सेवा तथा स्पेयर पार्ट्स सेवा उपलब्ध गराइरहेको छ।

छिट्टै नै विर्तामोड, कावासोती, धादिङ र मन्थलीमा समेत थ्रीएस सेन्टर खोल्ने तयारी भइरहेको कम्पनीको भनाइ छ । हाल काठमाडौं उपत्यकाका साथै इटहरी, बुटवल, पोखरा आदि मुख्य सहरहरुमा मोटरहेडको थ्रीएस सेन्टर छ । आगामी दिनमा अन्य स्थानमा समेत थ्रीएस सेन्टर स्थापना गर्ने योजना रहेको बताइएको छ ।