झापा : प्रेस चौतारी झापाले आज झापामा रहेका कोभिड सङ्क्रमित तथा स्वास्थ्यमा विविध समस्या झेलिरहेका झापाली पत्रकारहरूलाई पौष्टिक आहार र स्वास्थ्य सामाग्री वितरण गरेको छ।

प्रेस चौतारी झापाका अध्यक्ष टिकाराम उप्रेतीका अनुसार झापाली पत्रकारहरू मुक्ति पौडेल, डम्बर बराल, प्रदीप परियार, चन्द्र भण्डारी, लीला बराल लगायतका घरघरमै पुगेर पौष्टिक आहार र स्वास्थ्य सामाग्री वितरण गरिएको हो।

इन्दु सर्जिकल दमक र पञ्चमुखी फर्मा दमकद्वारा सहयोग प्राप्त स्वास्थ्य सामाग्री पत्रकारहरूलाई वितरण गरिएको हो। यस्तै व्यवसायी अजय अग्रवालले पौष्टिक आहार सहितको सामाग्री उपलब्ध गराउनु भएको प्रेस चौतारी १ नम्बर प्रदेश कमिटी सदस्य मीनप्रकाश उप्रेतीले जानकारी दिए।

झापामा कोरोना सङ्क्रमणको पहिलो लहर सुरु भए देखी नै प्रेस चौतारी झापाले सङ्क्रमित पत्रकारहरूलाई घरघरमै पुगेर स्वास्थ्य सहायताका सामाग्रीसहित पौष्टिक आहार वितरण गर्दै आएको छ।