धरान : झापाको झापा गाउपालिका–२ झापा बजारका ३५ बर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ ।

हिजो बिहान ९ बजे सोही स्थानका बिकाश अग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलि किचेर गम्भिर घाईते भएका सिंहको वि एण्ड सी अस्पताल विर्तामोडमा उपचारको क्रममा दिउसो २ बजे मृत्यु भएको हो ।

सिंह घर भत्काउने मिस्त्रीको काम गर्दै आईरहेका थिए । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय कुमारखोदबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।