धरान : धरान उपमहानगरपालिकाले आज शोक बिदा दिएको छ ।

धरान उपमहानगरपालिकाको २०७४ सालको निर्वाचनबाट निर्वाचित कार्यपालिका सदस्य तथा धरान नगर खेलकुद विकास समितिका संयोजक सुवास राई र सरसफाइ शाखामा कार्यरत सपाइकर्मी दिनेश मरिकको निधनमा आज शोक बिदा दिएको धरान उपमहानगरपालिकाले जनाएको छ ।

राईको आज बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा र मरिकको हिजो असामयिक निधन भएको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

दुवै जनाको असामयिक निधनले धरान उपमहानगरपालिका परिवारलाई स्तब्ध बनाएको जनाउँदै यस दुखद घडीमा दुवै मृत आत्माको चीर शान्तिको कामना र शोकसन्तप्त परिवारजनहरूप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना समेत धरान उपमहानगरपालिकाले गरेको छ ।

आज नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू (अत्यावश्यक सेवा बाहेक) साथै धरान स्थित शैक्षिक संस्था समेत बन्द रहने बताइएको छ ।

Suchana