चतरा : शुक्रवार ३४ औ किराँत राई यायोक्खा दिवस देशैभरका राई समुदायहरूले आफ्नो पुर्खा र प्रकृतिलाई सम्झँदै मनाएका छन् । प्रकृति पूजक जातिको रूपमा स्थापित किराँत समुदायहरू साकेला थानमा भेला भएर आफ्नो पुर्खा सुन्नीमा र पारुहाङ्गलाई सम्झँदै एक आपसमा खुसी साटासाट गरी यायोक्खा दिवस मनाउने गरेका छन्।

किराँत राई यायोक्खा वराहक्षेत्र नगर समितिले भन्ने सरसफाइ कार्यक्रम आयोजना गरेर यायोक्खा दिवस मनाएको छ । शुक्रवार वराहक्षेत्र ७ को साकेला थानमा भेला भएर परम्परागत रूपमा पूजा तथा सुन्नीमा, पारुहाङ्गको तस्बिरमा माल्यार्पण गर्ने कार्य सम्पन्न भए पछि साकेला पार्क सरसफाइ सुरु भएको थियो।

किराँत राई समुदायहरूको विशेष कार्यक्रम भए पनि अन्य समुदायका मानिसहरूको सहभागीलाई सरसफाइ कार्यक्रमलाई थप उत्साह थपेको नेपाल आदिवासी जनजाति महासङ्घ समन्वय समिति वराहक्षेत्रका अध्यक्ष सन्तकुमार राईले बताए । उनले भन्ने नेपालमा सबै जातजाति, धर्म, भाषाभाषि मिलेर बसेको छन् भन्ने उदाहरण आजको सरसफाइ कार्यक्रमले समेत प्रस्ट पार्दछ । किराँत राईहरूको यायोक्खा दिवसमा अन्य समुदायका विशिष्ट व्यक्तिहरूको सहभागीले नेपाल धार्मिक सहिष्णु भएको देश भएको वराहक्षेत्र नगरपालिकाबाट पनि लिन सकेन राई बताए।

सरसफाइ कार्यक्रममा किरात राई यायोक्खा वराहक्षेत्र नगरपालिकाका पदाधिकारी, पूर्व पदाधिकारी लगायत अनु गुरुङ, रमेश कार्की, तुलसी श्रेष्ठ, मधुकर तामाङ, सबिन राई, चित्र राई लगाएकाका सामाजिक अभियन्ताको सहभागिता रहेको थियो।

sakela-chatara