विराटनगर : इटहरीमा ४३ जना सहित प्रदेश १ मा ८४७ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ३६५ र १ हजार ५२६ जनाको एन्टिजेन परीक्षण गर्दा ४८२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२४, झापामा १०३, सुनसरीमा ९१, धनकुटामा १४, पाँचथरमा १०, उदयपुरमा ६, भोजपुरमा २, इलाम र तेह्रथुममा ४–४ र प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ४९, बेलबारीमा ३१, सुन्दरहरैचामा १०, पथरीशनिश्चरेमा ९, उर्लाबारीमा ८, लेटाङमा ४, बुढीगंगा, कानेपोखरी र स्थानीय तह नखुलेका ३–३, ग्रामथानमा २, रंगेली र मिक्लाजुङमा १–१, झापाको दमकमा २२, बिर्तामोडमा २१, मेचीनगरमा १६, भद्रपुरमा १३, अर्जुनधारामा ११, गौरादह, बुद्धशान्ति र स्थानीय तह नखुलेका ५–५, शिवसताक्षीमा २, कमल गाउँपालिका, कचनकवल र कनकाईमा १–१, सुनसरीको इटहरीमा ४३, धरानमा ४०, इनरुवामा ३, वराहक्षेत्र र स्थानीय तह नखुलेका २–२, रामधुनीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ९, शहिदभूमीमा २, महालक्ष्मी, छथर र पाख्रिबासमा १–१, पाँचथरको फिदिममा ७, हिलिहाङ, मिक्लाजुङ र फालेलुङमा १–१, उदयपुरको त्रियुगामा ४ र स्थानीय तह नखुलेका २, भोजपुरमा २, इलामको चुलाचुलीमा २, देउमाई र सूर्योदयमा १–१, तेह्रथुमको म्याङलुङ, लालीगुराँस, फेदाप, छथरमा १–१, प्रदेश १ बाहिरका ७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २१९ महिला र २४६ पुरुष सङ्क्रमणमुक्त भएका हुन ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।