धरान : धरानमा कोरोना विरुद्धको तीन दिने खोपअभियानमा कोरोना विरुद्धको अमेरिकन जोनसन एण्ड जोनसन ४, ६०९ जना र भेरोसिल १३ सय जनाले खोप लगाएका छन् ।

धरानका २० वटा वडाका ५० देखि ५४ वर्ष उमेर समूहका ४ हजार ६ सय ९ जनाले कोरोना विरुद्धको अमेरिकन एक डोज मात्रा लगाए पुग्ने जोनसन एण्ड जोनसन खोप लगाएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

यसै गरी धरानका उद्योगी, व्यवसायी, व्यापारी, बैक र वित्तीय सङ्घ संस्थामा काम गर्ने कर्मचारीहरू गरी हिजो सम्म धरानमा १३ सय जनाले चाइनिज भेरोसिल खोप लगाएका छन् ।

सुनसरी उद्योग वाणिज्य सङ्घमा खोप केन्द्र तोकिएको सो केन्द्रमा आज पनि थप एक दिन लक्षित समूहहरूलाई भेरोसिल खोप लगाइने स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।