विराटनगर : प्रदेश १ मा ७६५ जनामा कोरोना सङ्क्रमण देखिएको छ। १ हजार ५ जनाको पीसीआर परीक्षण गर्दा ३१२ र १ हजार ४३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १००, झापामा ८८, सुनसरीमा ७८, पाँचथरमा १५, धनकुटामा १४, इलाममा १३, तेह्रथुम र उदयपुरमा २-२ जनामा सङ्क्रमण देखिएको छ।

मोरङको लेटाङमा ४४, केराबारीमा १८, विराटनगरमा १७, पथरीशनिश्चरेमा ९, सुन्दरहरैचा, उर्लाबारी र बेलबारीमा ३-३, बुढीगंगा, रतुवामाई र स्थानीय तह नखुलेका १-१, झापाको दमकमा २१, भद्रपुरमा १३, मेचीनगरमा १०, बिर्तामोडमा ८, शिवसताक्षी, कमल गाउँपालिका र बुद्धशान्तिमा ७-७, अर्जुनधारामा ६, गौरादहमा ५, गौरीगञ्जमा १,स्थानीय तह नखुलेका ३, सुनसरीको धरानमा ६२, इटहरीमा ११, वराहक्षेत्रमा ३, इनरुवा र स्थानीय तह नखुलेका १-१, पाँचथरको फिदिममा १२, कुम्मायक, हिलिहाङ र फालेलुङमा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ७, छथर जोरपाटीमा ३, शहिदभूमीमा २, चौबिसे र स्थानीय तह नखुलेका १–१, इलामको रोङमा ८, इलाम नगरपालिकामा ३, चुलाचुली र स्थानीय तह नखुलेका १-१, तेह्रथुमको म्याङ्लुङ र स्थानीय तह नखुलेका १-१, उदयपुरको बेलका र स्थानीय तह नखुलेका १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ४५८ जना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा २०५ महिला र २५३ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र १० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।