धरान : धरान-१ मा रहेको धरान आदर्श माध्यमिक विद्यालयले नेपाल सरकारले तोककेको स्वास्थ्य मापडण्ड अपनाउँदै यहि साउन महिनाको २९ गते शुक्रबार प्रवेश परीक्षा लिने भएको छ।

धरान आदर्श माध्यमिक विद्यालयले एसइईमा ए प्लस ल्याएका विद्यार्थीहरुलाई ७० प्रतिशत र ए ल्याएका विद्यार्थीलाई लागि ५० प्रतिशत छुटको समेत गरिएको प्रधानाध्यापक लोकेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । उनले धरान आदर्शमा मोरङ, धनकुटा, तेह्रथुम, उदयपुर लगायतका जिल्ला प्रथम र स्कुल प्रथम विद्यार्थीहरुले अध्ययन गर्ने गरेको बताएका छन्।

उनले भदौ पहिलो साता देखि भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गरिने समेत जानकारी दिएका छन्। प्लस्टुमा साइन्स, म्यानेजमेन्ट र ह्युम्यानिटिज संकायमा नयाँ भर्ना खुल्ला गरेको धरान आदर्शमा म्यानेजमेन्ट र साइन्स संकायको छुट्टाछुट्टै भवनको रहेको छ । साथमा सुबिधा सम्पन्न छात्रावासको समेत सुविधा रहेको छ।

dharan-adarsha-123