विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९५४ जनामा कोरोना सङ्क्रमण भएको छ ।

१ हजार ७४४ जनाको पीसीआर परीक्षण गर्दा ५५४ र १ हजार ४८३ जनाको एन्टिजेन परीक्षण गर्दा ४०० जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २५७, मोरङमा १३८, सुनसरीमा ९९, इलाममा १९, धनकुटामा १८, उदयपुरमा ६, सङ्खुवासभामा २, पाँचथर र तेह्रथुममा १–१ प्रदेश १ बाहिरका १३ जनामा सङ्क्रमण देखिएको छ ।

झापाको बिर्तामोडमा ७८, दमकमा ४२, अर्जुनधारामा २९, कनकाईमा २६, भद्रपुर र मेचीनगरमा १९–१९, शिवसताक्षीमा १६, बुद्धशान्तिमा १४, गौरादह, बाह्रदशी र कमल गाउँपालिकामा ४–४, हाल्दिबारी र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ६१, बेलबारीमा २६, सुन्दरहरैचामा १५, पथरीशनिश्चरे र बुढीगंगामा ७–७, लेटाङ र कानेपोखरीमा ४–४, ग्रामथान र स्थानीय तह नखुलेका ३–३, केराबारी, रंगेली र उर्लाबारीमा २–२, सुनबर्षी र कटहरीमा १–१, सुनसरीको इटहरीमा ४७, धरानमा ३७, वराहक्षेत्रमा ४, रामधुनी र इनरुवामा ३–३, हरिनगर, दुहबी र कोसी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा १४, मांसेबुङ, रोङ, माईजोगमाई, सुर्योदय र माई नगरपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १५, महालक्ष्मीमा २, पाख्रिबासमा १, उदयपुरको लिम्चुङबुङमा २, त्रियुगा, चौदण्डीगढी, बेलका, र स्थानीय तह नखुलेका १–१, सङ्खुवासभामा २, पाँचथरको फिदिममा १, तेह्रथुममा १, प्रदेश १ बाहिरका १३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३३८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६१ महिला र १७७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।