धरान : मोरङको सुन्दरहरैचा नगरपालिका ७ बाट लागूऔषध गाँजा सहित सिटी सफारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनकुटा सहिद भूमि गाउँपालिका–५ घर भई हाल सुन्दरहरैचा नगरपालिका–५ मा डेरा गरी बस्ने २४ वर्षीय इमान राई रहेका छन् ।

आज साढे ३ बजे इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जाँदै गरेको राईले चलाएको को १ ह ७९८५ नम्बरको सिटी सफारी चेक गर्ने क्रममा लागूऔषध गाँजा फेला परे पश्चात् राईको कोठा समेतमा खानतलासी गर्दा लागूऔषध गाँजा ७ केजी ९८४ ग्राम बरामद गरिएको हो ।

सिटी सफारी सहित पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।