धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा वराहक्षेत्रकी एक वृद्ध महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार वराहक्षेत्र नगरपालिका-७ की ७० वर्षीय वृद्ध महिलाको उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको हो ।

मृतकमा साउन १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने सोही दिननै उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी पहिले देखिनै दीर्घ रोगी रहेको प्रतिष्ठानले जनाएको छ ।