धरान : धरानको भानुचौकमा भीषण आगलागी भएको छ ।

केही बेर अघि धरानको मुख्य चौक भानुचौकको घण्टाघर पूर्वपट्टिको घरमा आगलागी भएको हो । धरान २ का भूपेन्द्र परालीको घरमा आगलागी भएको वडानं. २ का वडा सदस्य धर्म तामाङले जानकारी दिए ।

परालीको घरमा रहेको कस्मेटिक पसल सहित २ वटा सटरमा आगलागीबाट क्षति भएको छ । धरान उपमहानगरपालिकाको दुई वटा दमकल र प्रहरीले आगो नियन्त्रणमा लिएको तामाङले जानकारी दिए । आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

Aglagi Aglagi-1 Aglagi-2