इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले स्थानीयलाई कार्यालयमै थुनेका छन् ।

इटहरी-४ का याम प्रसाद ढकाललाई कार्यालयमा बोलाएर थुनेका हुन । सार्वजनिक जग्गा मिचेर घर बनाएको भन्दै नगर प्रहरी लगाएर कार्यालय बोलाएका थिए ।

कार्यालयमा पुगेपछि घर भत्काउनु पर्‍यो भन्दै धम्की दिएका मेयर चौधरीले थुनेर भागेको ढकालले बताए । आफू घर भत्काउन नसक्ने प्रतिक्रिया दिएपछि बाहिर बाट चुकुल लगाएर मेयर गाडी चढेर हिँडेको उनको भनाइ छ ।

मंगलबार मात्र इटहरी-१३ मा निर्माणाधीन रिसोर्टको पर्खाल भत्काएका छन् । सार्वजनिक जग्गा मिच्न नपाउने भन्दै उनले आक्रामक शैली अपनाएका हुन् ।