धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा धरान ८ की कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार धरान ८ की ६५ वर्षीय महिलाको उपचारको क्रममा हिजो साँझ ७ः१० बजे मृत्यु भएको हो ।

साउन २२ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनमा पहिले देखिनै दिर्घरोग रहेको प्रतिष्ठानले जनाएको छ ।