धरान : उदयपुरको रौतामाई गाउँपालिका ८ का ३० वर्षीय चन्द्र बहादुर रिखाम मगरको भिरबाट लडेर मृत्यु भएको छ । 

हिजो पुवारे भन्ज्याङ गएका मगर आज बिहान सम्म पनि घर नआए पछि आफन्तले खोजतलास गर्दै जाने क्रममा बाटोमा पर्ने पुवारे भन्ज्याङको भिरबाट लडेर मृत्यु भएको अवस्थामा मगरको शव फेला परे पश्चात् प्रहरीलाई जानकारी गराएको थियो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय रौतामाई र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटी गई थप अनुसन्धान गरेको छ ।