धरान : सुनसरीको कोसी गाउँपालिका ४ खत्वे टोल का ५५ वर्षीय रामे खङ्ग खत्वेको कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा बस्दै आएको मकुना जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

आज बिहान साढे ५ बजे खेती तर्फ जाने क्रममा कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्किएको मकुना हात्तीले घर नजिकै रहेको बीपी मेमोरियल प्राथमिक विद्यालय नजिक आक्रमण गर्दा खत्वेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्र कार्कीले कुपुरी न्युजलाई बताए ।

प्रहरी र स्थानीयवासीको सहयोगमा हात्तीलाई जङ्गल तर्फ लखेटिएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटी गई कानुनी प्रक्रिया पुरा गरी शवको पोस्टमार्टमको लागी जिल्ला अस्पताल इनरुवा पठाएको छ ।