धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा ४९७ र १ हजार ५८५ जनाको एन्टिजेन परीक्षण गर्दा ४७२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९१, मोरङमा १३५, सुनसरीमा ११६, धनकुटामा २१, इलाममा १०, उदयपुरमा ६, संखुवासभामा ४, तेह्रथुममा २, पाँचथर, भोजपुर र खोटाङमा १-१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको छ।

झापाको दमकमा ५७, विर्तामोडमा ३५, कनकाईमा २१, भद्रपुर र मेचीनगरमा १९-१९, शिवसताक्षीमा १७, अर्जुनधारामा ९, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ५, हल्दिबारी र स्थानीय तह नखुलेका १-१, मोरङको विराटनगरमा ५०, सुन्दरहरैचामा ३३, केराबारीमा १०, पथरीशनिश्चरेमा ९, उर्लाबारीमा ८, बेलबारीमा ६, लेटाङ, रंगेली र कानेपोखरीमा ३-३, सुनबर्षी, रतुवामाई र स्थानीय तह नखुलेका २-२, बुढीगंगा, धनपालथान, कटहरी र ग्रामथानमा १-१, सुनसरीको इटहरीमा ५७, धरानमा ३५, रामधुनीमा ८, बराहक्षेत्रमा ६, दुहवीमा ५, इनरुवामा ४, गढीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रिबासमा ६, छथर जोरपाटीमा ३, महालक्ष्मी, शहिदभूमी र स्थानीय तह नखुलेका १-१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा ३-३, मांसेबुङमा २, सुर्योदय र रोङमा १-१, उदयपुरको चौदण्डीगढी र बेलकामा २-२, कटारी र त्रियुगामा १-१, संखुवासभाको खाँदबारीमा ३ र स्थानीय तह नखुलेका १, तेह्रथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १-१, पाँचथरको फिदिम, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको खोटेहाङमा १-१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ७१० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३४७ महिला र ३६३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।