धरान : सुनसरीको वराहक्षेत्र नगरपालिका १ मा बन्दुकले बाँदरलाई हान्दा नातिलाई बन्दुकको छर्राले लागेपछि बाजे पक्राउ परेका छन् ।

साउन २६ गते वराहक्षेत्र १ का ६३ वर्षीय बरम बहादुर राईले बाँदरलाई बन्दुक हान्दा आफ्नै नाति १३ वर्षीय अभिषेक राईलाई बन्दुकको गोली छर्रा लागेर घाइते भएका थिए ।

घाइतेलाई उपचारको लागि अस्पताल लगेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको प्रहरी टोलीले खोजतलास गर्दा साउन २७ गते मोरङबाट राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

पक्राउ पछि सोधी खोजी गर्दा १ नाल भरुवा बन्दुक समेत बरम बहादुर राईको घरको कोठामा लुकाई छिपाई राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

भरुवा बन्दुक सहित पक्राउ परेका राईलाई जिल्ला अदालत सुनसरीबाट ज्यान मार्ने उद्योग र हात हतियार मुद्दामा ७ दिन म्याद थप गरी घटनाको बारेमा अनुसन्धान प्रहरीले अगाडी बढाएको जनाएको छ ।