धरान : अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयबाट आएको अख्तियारको टोलीले आज पनि प्रतिष्ठानमा छानबिन जारी राखेको छ ।

एसएसपी टेकबहादुर तामाङको नेतृत्वमा आएको ५ जनाको टोली र इटहरी स्थित अख्तियारको कार्यालयबाट गरी ६ जनाको टोलीले प्रतिष्ठानमा भएको आर्थिक अनियमितता सम्बन्धी परेको उजुरीहरूसँग सम्बन्धित कागजातहरू खोज्ने क्रम जारी राखेको छ ।

हिजो केही महत्त्वपूर्ण कागजातहरू जफत गरेको टोलीले आज पुनः आई थप अनुसन्धान अघि बढाएको एसएसपी टेकबहादुर तामाङले कपुरी न्युजलाई बताए । आज परेका उजुरीहरूको बारेमा थप खोज र अनुसन्धान भइरहेको छ भने

प्रतिष्ठानको खरिद र निर्माणसम्बन्धी थप कागजात र सम्बन्धित कर्मचारीहरुसंग सोधपुछ भइरहेको एसएसपी तामाङले बताए । यस पटक भने अख्तियारको टोलीले करिब एक सातासम्म लगाएर भए पनि प्रतिष्ठानको समग्र विषयमा छानबिन गर्ने जनाएको छ ।

‘खरिद र निर्माणलगायत विषयमा थुप्रै उजुरीहरू आएका आधारमा छानबिन सुरु गरेका छा एसएसपी तामाङले भने । टोलीले सबै उजुरीका आधारमा एकमुष्ट अध्ययन र छानबिन गरेर प्रतिवेदन आयोगमा बुझाउने बताइएको छ ।