विराटनगर : प्रदेश १ मा ७६९ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

१ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ र १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, सुनसरीमा १०८, मोरङमा १०४, धनकुटामा १२, इलाममा ११, तेह्रथुममा ५, सङ्खुवासभा र भोजपुरमा ४–४, उदयपुरमा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको छ ।

झापाको दमकमा २९, बिर्तामोडमा २६, भद्रपुरमा २४, कनकाईमा २१, अर्जुनधारामा ११, मेचीनगरमा ६, शिवसताक्षीमा ५, गौरादह र कमल गाउँपालिकामा ४–४, बुद्धशान्तिमा ३, हाल्दिबारी, बाह्रदशी र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा ५५, धरानमा ४१, इनरुवा, रामधुनी र वराहक्षेत्रमा ३–३, दुहबी, गढी र बर्जूमा १–१, मोरङको विराटनगरमा ४१, बेलबारीमा १८, उर्लाबारी र पथरीशनिश्चरेमा १३–१३, बुढीगंगा र मिक्लाजुङमा ४–४, लेटाङ, सुन्दरहरैचा र ग्रामथानमा २–२, केराबारी, कानेपोखरी, रंगेली, रतुवामाई र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा १० र पाख्रिवासमा २, इलामको इलाम नगरपालिकामा ५, चुलाचुली, सूर्योदय र स्थानीय तह नखुलेका २–२, तेह्रथुमको म्याङ्लुङमा ४ र फेदापमा १, संखुवासभाकोे खाँदबारी र धर्मदेवीमा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा ३ र ट्याम्के मयुङमा १, उदयपुरको त्रियुगामा २ र स्थानीय तह नखुलेका १, पाँचथरको फाल्गुनन्द र फिदिममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६७५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३ सय महिला र ३७५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।