झापा : बिर्तामोडको थापा मार्केटमा आगलागी भएको छ ।

बिर्तामोड–४ स्थित मुक्ति चोक नजिकै रहेको एक्सेल बैङ्कको केन्द्रीय कार्यालय समेत टाँसिएको भवनमा शुक्रवार साँझ साढे ७ बजे आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो कपडा पसलमा लागेको बताइएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । आगो बिर्तामोड नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएको छ । क्षतिको विवरण आउन बाँकी छ ।