धरान : धरान उपमहानगरपालिकामा आज तेस्रो दिन पनि कोरोना विरुद्धको खोप अभियान जारी रहेको छ ।

बिहीबार देखि सुरु भएको कोरोना विरुद्धको खोप अभियान हिजो धरानका २० वटै वडामा दुई चरणमा खोप लगाई सकिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

आज तेस्रो चरणमा धरान औद्योगिक क्षेत्रका कर्मचारीहरू, श्रमिकहरू, सार्वजनिक यातायातका चालकहरू, सहचालकहरू, धरानमा रहेका पुनर्स्थापन केन्द्रका कर्मचारी र उपचाररत रहेका व्यक्तिहरू, दैनिक उपभोग्य बस्तु खाद्यान्न,तराकारी र मासु पसलका व्यक्तिहरूलाई खोप लगाइने धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

लक्षित व्यक्तिहरूलाई खोप लगाउनका लागि धरानका ४ स्थानमा खोप केन्द्र तोकिएको छ । धरान औद्योगिक क्षेत्रका कर्मचारी र श्रमिकहरूलाई धरान औद्योगिक क्षेत्र तीनकुनेबाट ५ सय जना, सार्वजनिक यातायातका चालक, सहचालकहरूलाई सिद्धि नेवा परिषदबाट ६५० जना, धरान पुनर्स्थापन केन्द्रका कर्मचारी र उपचाररत रहेका व्यक्तिहरूलाई धरान पुनर्स्थापन केन्द्रबाट ६० जना र दैनिक उपभोग्य बस्तु खाद्यान्न, तरकारी, मासु पसलकाहरुलाई सुनसरी उद्योग वाणिज्य सङ्घबाट ४ सय जना गरी जम्मा १६१० जनालाई अमेरिकन कोरोना विरुद्धको जोनसन एन्ड जोनसन खोप लगाइँदै छ ।

यस पटक धरानमा ४४६० डोज खोप आएको थियो । सो खोप धरानका ५० वर्ष देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई लगाइएको छ ।

Khop-2