इटहरी : खुद्रा चेन सुपरमार्केटको रूपमा स्थापित साथीमार्टले इटहरीमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेलले उद्घाटन गरेको मार्ट शनिवारवाट सञ्चालनमा आएको हो।

अनलाइन र अफलाइन दुबै माध्यमबाट किनमेलको सुविधा उपलब्ध गराउने गरी ३ करोड रुपैयाँ लागतमा मार्ट सञ्चालनमा आएको बताइएको छ। साथी मार्ट इनकर्पोरेट प्रालिका प्रबन्ध निर्देशक सागर पोखरेलका अनुसार  इटहरीमा प्रदेश एकको क्षेत्रीय कार्यालय तथा गोदाम (बितरण केन्द्र) समेत रहने छ।

तीस जनालाई प्रत्यक्ष रोजगारी दिएको तथा ग्राहकलाई आवश्यक सामान रोजेर अर्डर गर्दा घरैमा डेलिभरी गराइने उनले बताए । इटहरी आउटलेटमा ग्रोसरी, कस्मेटिक, बेकरी, होम केयर, बेबिकेयर, किचन वयर, लिकर, बर्थ डे गिफ्ट, तरकारी फलफूल, इलेकट्रोनिक्स लगायतका सामान उपलब्ध रहेको उनले जानकारी दिए। 

उद्घाटनको अवसर पारेर ३५ प्रतिशत सम्मको छुट, फल्यास सेल, डिल अफ द मन्थ, नेपाली मेड कलेक्सन लगायतको सुविधा रहेको उनको भनाइ छ। स्टोर पूर्ण डिजिटल तथा अत्याधुनिक तरिकाले सञ्चालन हुने नेपालकै पहिलो रहेको उनको दाबी छ। 

'ग्राहकहरुका लागि एनआइसि एसिया बैङ्कको कार्डबाट समान खरिद गर्दा २०% सम्मको छुटका साथै स्पिन द व्हील बाट उपहार जित्ने मौका रहेको छ' उनले भने।  त्यसका साथै यस आर्थीक वर्ष भित्र फ्रेन्चाइज मोडलमा २ सय ५० वटा र साथी मार्टकै लगानीमा नेपाल विभिन्न सहरमा १० वटा  ठुला आउटलेट खोल्ने कार्यक्रम रहेको छ'