धरान : धरानमा पछिल्लो समय सञ्चालन भएको कोरोना विरुद्धको खोप अभियानमा ४ हजार ९ सय २१ जनाले कोरोना विरुद्धको अमेरिकन खोप जनसन एण्ड जोनसन लगाएका छन् ।

साउन २८,२९ र ३० गते तीन दिन सञ्चालन भएको तीन चरणको खोप अभियानमा ५० वर्ष देखि ५४ वर्ष उमेर समुहकाहरु र धरान औद्योगिक क्षेत्रका कर्मचारीहरू, श्रमिकहरू, सार्वजनिक यातायातका चालकहरू, सहचालकहरू, धरानमा रहेका पुनर्स्थापन केन्द्रका कर्मचारी र उपचाररत रहेका व्यक्तिहरू, दैनिक उपभोग्य बस्तु खाद्यान्न,तराकारी र मासु पसलका व्यक्तिहरूलाई खोप लगाइएको थियो ।

धरानका २० वटा वडामा १० वटा खोप केन्द्रबाट दुई चरणमा ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकहरूलाई खोप लगाइएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ । यस पटक वडा वडामा खोप अभियान सञ्चालन भएपछि खोप कार्यक्रम व्यवस्थित भएको थियो ।

धरान औद्योगिक क्षेत्रका कर्मचारीहरू, श्रमिकहरू, सार्वजनिक यातायातका चालकहरू, सहचालकहरू, धरानमा रहेका पुनर्स्थापन केन्द्रका कर्मचारी र उपचाररत रहेका व्यक्तिहरू, दैनिक उपभोग्य बस्तु खाद्यान्न,तराकारी र मासु पसलका व्यक्तिहरूलाई छुट्टै खोप केन्द्रहरूबाट खोप लगाएपछि खोप अभियान झन् सहज भएको बताइएको छ ।