धरान : पिण्डेश्वर क्याम्पस धरानका सहप्राध्यापक डा. घनश्याम दाहालको गए राति निधन भएको छ ।

दुई हप्ता अघि कोरोना सङ्क्रमित भएका दाहालको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।

उपचारको क्रममा थप स्वास्थ्यमा जटिलता आएपछि भेन्टिलेटरमा राखेर उपचाररत थिए । गए राति ९:५० मा निधन भएको पिण्डेश्वर क्याम्पसका क्याम्पस प्रमुख काशीनाथ पौडेलले जानकारी दिए ।

पिण्डेश्वर क्याम्पसमा नेपाली विषयमा अध्यापन गराउँदै आएका दाहाल धरानका विभिन्न शैक्षिक सङ्घ संस्थाहरूमा पनि आबद्ध रहेका थिए । ५० वर्षीय दाहाल दुई छोरी र श्रीमतीका साथ धरान १ मा बस्दै आएका थिए ।