धरान : 'सेभ टनाटन अर्न टनाटन' स्लोगन सहित फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोन मोटर्स २०७८ सालको दसैं अफर ल्याएको छ।

योजना अन्तर्गत भ्यान भ्यु सीएस २ एलको खरिदमा तिन महिना सम्म किस्ता तिर्नु नपर्ने, ८०% सम्म फाईनान्स, दूइ लाख पचास हजार रुपैयाँ सम्म छुट र मात्र १२ लाखको डाउनपेमेन्टमा गाडी दिने कम्पनीले जनाएको छ।

साथै १ वर्षको लागि नि:शुल्क बिमा र १ वर्षको लागि निस्शुल्क रोड ट्याक्स रहेको कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार हाल १९ सिट क्षमताको भ्यान भ्यु सीएस २ एल यो छुट पाइनेछ र पिकअप टुनल्यान्डको लागि पनि छिटै दसैं अफर आउने छ।