धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत धरान १३ की बृद्धा महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणि पोखरेलले दिएको जानकारी अनुसार धरान १३ निवासी ८५ वर्षीय बृद्धा महिलाको उपचारको क्रममा आज बिहान ११ बजे मृत्यु भएको हो ।

पहिले देखिनै बिरामी रहेका उनलाई हिजो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लादा कोरोना पोजेटिभ देखिएको धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताए ।