धरान : अन्तर्राष्ट्रिय गुणस्तर आईएसओ चिन्ह प्राप्त प्रदेश नं. १ को पहिलो र एक मात्र स्कुल तथा कलेज नेशनल एकेडेमी सेकेण्डरी स्कुल तथा कलेजले आफ्नो छात्रवृत्ति कार्यक्रमका सात आगामी भाद्र २ गते बाट १ हप्ता एडमिसन विक मनाउने भएको छ।

२१ जनाका लागि ग्रामीण स्कुलका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति घोषणा गरेको कलेजले जम्मा छ प्रकारको छात्रवृत्ति घोषणा गरेको छ।  कलेजले म्यानेजमेन्ट , एजुकेसन र तथा ह्युमेनिटिज संकायको शैक्षिक सेवा दिइरहेको छ । स्पेशल स्कोलरसिप, स्कुल टप स्कोलरसिप, स्कुल जेहेन्दार विद्यार्थी स्कोलरसिप, ग्रामीण स्कुल जेहेन्दार विद्यार्थी स्कोलरसिप, सहरी सामुदायिक स्कुल जेहेन्दार छात्रवृत्ति र सेल्फ मेरिट स्कोलरसिप क्रमशः : १५, १५, १५, २१, १५, १५ जना रहेका कलेजका सिइओ देव सुब्बाले जनाएका छन् । उनले गुणस्तरीय शिक्षामा सबै खालका विधार्थीहरुको पहुँच पुर्‍याउनका लागि छात्रवृतिको व्यवस्था गरिएको बताए। 

अरू कलेजमा भन्दा भिन्न शान्त शैक्षिक वातावरण, ५५ मिनटको कक्षा, विधार्थीहरुको व्यक्तित्व विकासका लागि इन्ट्रेस्ट क्लबको अभ्यास, आइटीमय शैक्षिक वातावरण, अडोटोयिम हल, अन्तर्राष्ट्रिय मापदण्ड आदीले पढ्न आउने विधार्थीहरुको भविष्य उज्ज्वल रहेको बताउँदै यहाँ पढ्न आउने सबै विद्यार्थीहरूले आईएसओ अङ्कित प्रमाण पत्र पाउने जसको महत्त्व विश्व बजारमा बेग्लै हुने र सहजै विभिन्न अवसरहरू पाउने, विधार्थीहरुको भविष्यमा विश्व बजारमा हुने प्रतिस्पर्धालाई यसले सहज बनाउने समेत बताउँदै कलेजका प्रिन्सिपल श्रीसिसा राईले पहिला जेनरल सङ्कायहरूमा राम्रो गर्ने कलेजको प्रतिबद्धता रहेको बताए । सर्वसुलभ शिक्षाका लागि अरू कलेजकै शुल्कमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा पाउने बताए। 

यसको लागि आगामी भाद्र २ गतेबाट १ हप्ताका लागि एडमिसन विक समेत मनाउने कलेजका प्रिन्सिपल श्रीसिसा राईले जानकारी दिए । विधार्थीहरुलाई विश्व महामारीको स्वास्थ्य मापदण्ड पुरा गर्दै छात्रवृत्ति फस्ट कम फस्ट सर्भिसका आधार दिने समेत बताए ।

शिक्षा क्षेत्र व्यवसाय मात्रको रूपमा बुझिएकाले गुणस्तरमा प्रतिस्पर्धा भन्दा पनि अस्वस्थ्य प्रतिस्पर्धा बढेको जसले विधार्थीहरुको भविष्य माथि खेलबाड हुने गरेको र अभिभावकको लगानी खेर गइरहेका कारण अस्वास्थ्य प्रतिस्पर्धामा उत्रने भन्दा पनि शिक्षा क्षेत्रको गुणस्तर बुद्धि गर्दै विधार्थीहरुको भविष्य सँग गाँसिएको शैक्षिक भविष्य सुन्दर पार्ने आफ्नो सामाजिक दायित्वलाई स्मरण गर्न पनि यस्तो छात्रवृत्तिको व्यवस्था गरेको कलेजका अध्यक्ष सालिक सतासक राईले बताए । छात्रवृत्ति सम्बन्धी विस्तृतमा बुझ्न कलेज भिजिट गर्न पनि राईले आम अभिभावक तथा विधार्थीहरुलाई अनुरोध समेत गरे । 

विधार्थीहरुलाई आफ्नो कलेजको बारेमा बताउनका लागि पनि एडमिसन विकको रूपमा मनाउने कलेजका मार्केटिङ विभाग प्रमुख परिवेश खड्काले बताए । यस अवधिमा बिसौँ वर्ष शिक्षा क्षेत्रमा अनुभव भएका ब्यत्तित्वहरुबाट  विधार्थीहरुलाई शैक्षिक परामर्श समेत दिइने उनले बताए।